बञ्चरो प्रहार गरी आमाको हत्या


कैलाली, १७ माघ । कैलालीमा एक युवकले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमारा मुक्तकमैया शिविरमा सोमबार मध्यराति बाघमाराका ४० वर्षीय श्रीराम चौधरीले आफ्नै आमा ७१ वर्षीया लगनीदेवी थरूनीलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

बञ्चरो प्रहारबाट लगनीको कम्मर र खुट्टामा गम्भीर चोट लागेका कारण उपचारका लागि सुखडको लालरत्न अस्पतालबाट रेफर गरी धनगढीको नवजीवन अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा थारूलाई इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरिसकेको छ । उनी घरभन्दा करिब ८ किलोमिटर टाढा लुकेर बसेको समयमा पक्राउ परेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमालाई बञ्चरो प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार